Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

सर्वपक्षीय सहमतिपछि वीरगंजमा कर्फ्यू हट्यो, स्थायी सद्भाव संयन्त्र गठन

spot_img
spot_img

वीरगंज । विगत केही दिनदेखि वीरगंजमा जारी विरोध प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने उद्देश्यले मंगलबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकको सहमतिपछि स्थानीय प्रशासनले वीरगंजमा जारी गरेकाे कर्फ्यू आदेश हटाएको छ, जससँगै शहरको जनजीवन क्रमशः सहज बन्दै गएको छ।

बैठकले अन्य मुलुक वा स्थानमा घटेका घटना–दुर्घटनालाई लिएर वीरगंजमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस्ता विषयमा असहमति वा पीडा भएमा प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई ज्ञापनपत्र बुझाउने र त्यसपछि मात्र आन्दोलनका कार्यक्रम सञ्चालन गर्न जोड दिइएको छ।

भविष्यमा धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भावविरुद्ध हुन सक्ने गतिविधि नियन्त्रण गर्न स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । उक्त संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित साह र रञ्जन सिंह, मुस्लिम समुदायबाट महमद महबुब अली (शेरु) र अली असगर मदनी रहनेछन् । आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि, जिल्लास्थित राजनीतिक दलबाट एक/एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहने छ।

बैठकले सबै सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवार पत्रकारिता गर्न अनुरोध गरेको छ। साथै धार्मिक तथा सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहालले जानकारी दिए ।

बैठकमा सहभागी सबै संस्था, पक्ष तथा अभियन्ताहरूले निर्णयहरू आफ्ना–आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने, निर्णयको समर्थनमा विज्ञप्ति जारी गर्ने र थप विरोध कार्यक्रम नगर्ने सहमति जनाएका छन्।

यसैबीच जिल्ला सुरक्षा समितिको मिति २०८२।०९।२१ र २२ गतेको निर्णयअनुसार सुरक्षा संवेदनशीलताका कारण जारी गरिएको निषेधाज्ञा तथा कर्फ्यू आदेश मंगलबार अपरान्ह ३:३० बजेदेखि लागू हुने गरी हटाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । कर्फ्यू हटेसँगै नागरिकको आवागमन, व्यापार–व्यवसाय तथा दैनिक गतिविधि सामान्य बन्दै गएको छ।

सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी दाहालसहित जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद साेनार, प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, नेपाली कांग्रेसका रामनारायण कुर्मी, नेकपाका रामदरश कुशवाहा, जसपा नेपालका रामनरेश यादव, जनमत पार्टीका ओमप्रकाश सर्राफ, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, हिन्दु–मुस्लिम धर्मगुरु तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...