Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा जारी कर्फ्यू आदेश हटाइयो

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगरपालिकाका केही क्षेत्रमा जारी गरिएको कर्फ्यू आदेश आज अपरान्ह ३:३० बजेदेखि हटाइएको छ।

जिल्ला प्रशासनका अनुसार जिल्ला सुरक्षा समितिको मिति २०८२/०९/२१ र २२ गतेको निर्णयअनुसार शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै वीरगंज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरिएको थियो।

आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा भएको सहमति, जिल्लाको शान्ति सुरक्षा अवस्था क्रमशः सुदृढ हुँदै गएको तथा नागरिकको स्वतन्त्र आवागमन, व्यापार–व्यवसाय र दैनिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने आवश्यकता रहेको भन्दै कर्फ्यू आदेश हटाउने निर्णय गरिएको हो।

जिल्ला प्रशासनले कर्फ्यू हटाइएसँगै सबै नागरिकलाई शान्ति, सद्भाव र कानूनको पालना गर्दै सामान्य जनजीवनलाई सहज बनाउन सहयोग गर्न अनुरोध पर्सा प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना मार्फत गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...