Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा शान्ति सुव्यवस्था कायम गर्न सर्वदलीय बैठक सम्पन्न, स्थायी सद्भाव संयन्त्र गठन

spot_img
spot_img

वीरगंज । विगत केही दिनदेखि वीरगंजमा भइरहेका विरोध प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले आज सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकले धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्न पाँच बुँदे निर्णय गरेको छ।

बैठकले अन्य मुलुक वा स्थानमा घटेका घटना वा दुर्घटनालाई लिएर वीरगंजमा प्रदर्शन वा आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसका सट्टा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र पेश गर्ने र त्यसपछि मात्र आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक तथा सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। संयन्त्रमा धार्मिक समुदायका अगुवाहरू, जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधि रहनेछन्।

धार्मिक समुदायको तर्फबाट हिन्दू समुदायबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी संयन्त्रमा रहनेछन्। अन्य धार्मिक समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व रहने बताइएको छ। साथै जिल्लास्थित प्रत्येक राजनीतिक दलबाट एक/एक जना प्रतिनिधि रहनेछन्।

बैठकले सबै प्रकारका मिडियाकर्मीलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवार र संवेदनशील ढंगले समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव विथोल्न दुरुत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय पनि गरिएको छ। साथै, सबै पक्षले आ–आफ्नो समूहबाट भएका कमजोरीको मनन गर्दै आफ्ना समुदायका व्यक्तिहरूलाई अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी, बैठकमा उपस्थित सबै संस्था, पक्ष, अभियन्ता तथा महानुभावहरूले आजका निर्णयहरू आफ्ना–आफ्ना संस्थाको वेबसाइट तथा सामाजिक सञ्जाल (फेसबुक पेज) मार्फत सार्वजनिक गर्ने, निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने र विद्यमान परिस्थितिलाई सहज बनाउन आ–आफ्नो स्थानबाट सक्रिय तथा सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रम नगर्ने सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...