Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

मधेश साहित्य महोत्सव २०२६ को पूर्वकार्यक्रमका रूपमा ‘MLF ट्यालेन्ट हन्ट’ घोषणा

spot_img
spot_img

वीरगंज । वीरगञ्जमा आगामी माघ १५–१७ गते (जनवरी २९–३१, २०२६) आयोजना हुने दोस्रो मधेश साहित्य महोत्सव २०२६ को पूर्वतयारीस्वरूप ‘MLF ट्यालेन्ट हन्ट’ कार्यक्रमको औपचारिक घोषणा गरिएको छ।

आयोजक संस्था उत्कर्ष नेपालका अनुसार यो ट्यालेन्ट हन्टको मुख्य उद्देश्य युवापुस्तामा लुकेका प्रतिभाहरूको पहिचान गरी महोत्सवको मञ्चमा जोड्नु हो। कार्यक्रम सबैका लागि खुला रहे पनि विशेषगरी जेनेरेशन–जेड (Gen Z) का युवाहरूलाई सहभागिताका लागि प्रोत्साहन गरिएको छ।
ट्यालेन्ट हन्टमा विद्यालय तथा क्याम्पस स्तरका विद्यार्थी र युवाहरूले साहित्य, कविता, गीत–संगीत, नृत्य, कला, वक्तृत्वकला लगायत विभिन्न सिर्जनात्मक विधामा भाग लिन सक्नेछन्। छनोटमा परेका प्रतिभाहरूलाई महोत्सवको मुख्य मञ्चमा प्रस्तुति दिने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवको स्वयंसेवक टोली ‘फेस्ट वारियर्स’ ले विभिन्न विद्यालय र क्याम्पसहरूमा पुगेर कार्यक्रमको प्रचार तथा सहभागिता सहजीकरण गर्ने बताइएको छ। ट्यालेन्ट हन्टको अडिसन माघ ३ गते बिहान ९ बजेदेखि वीरगञ्जको बिपिसी कलेजको हलमा सुरु हुने र यो अडिसन पनि सबैका लागि खुला रहने आयोजकको भनाइ छ।

आयोजकले मधेशका युवा सिर्जनशील प्रतिभाहरूलाई यो अवसरको सदुपयोग गर्न आग्रह गरेको छ। थप जानकारी तथा सहभागिताका लागि मधेश साहित्य महोत्सवका सामाजिक सञ्जाल प्लेटफर्महरूमा सम्पर्क गर्न सकिने जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...