Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

धार्मिक भावना भड्काउनेहरूलाई जरैदेखि कारबाही गर्न मेयर राजेशमान सिंहको जोड

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले धार्मिक द्वन्द्व चर्किएपछि मात्रै सद्भावका र्‍याली र औपचारिक बैठक गरेर आत्मसन्तुष्टि लिने प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएका छन्।

मेयर सिंहले वीरगंज बाहिर उत्पन्न भएका विवादलाई जबर्जस्ती शहरमा थोपरेर वीरगंजलाई अशान्त बनाउने, धार्मिक भावना भड्काउने र आफूलाई धर्मको ठेकेदार ठान्ने सीमित व्यक्तिहरूलाई प्रशासनले किन अझै कानुनी कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले वीरगंज किन बारम्बार केही व्यक्तिको निहित स्वार्थ पूरा गर्ने प्रयोगशाला बन्न बाध्य भइरहेको छ भन्ने प्रश्नसमेत उठाए।

सदियौंदेखि जोगिँदै आएको भाईचारा, सहअस्तित्व र सद्भावलाई नियोजित रूपमा भत्काउन खोज्नेहरूलाई जरैदेखि कारबाही नगरेसम्म यस्ता समस्या दीर्घकालीन रूपमा समाधान नहुने मेयर सिंहको भनाइ छ।

उनले शान्ति–सुरक्षा कायम गर्नु पूर्णतः राज्य र सुरक्षा निकायको संवैधानिक जिम्मेवारी भएको उल्लेख गर्दै समाजका अगुवा र सरोकारवालाको भूमिका सहजिकरण र सहकार्यको मात्र हुने स्पष्ट पारे। सम्भावित सुरक्षा जोखिमको आँकलन, विश्लेषण, नियन्त्रण र दोषीमाथि कानुनी कारबाही गर्ने सम्पूर्ण संयन्त्र सरकारसँग हुँदाहुँदै पनि बाहिरबाट आयातित विषयका कारण धार्मिक तनाव चर्किँदा सम्बन्धित निकाय आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्नु चिन्ताजनक भएको उनले बताए।

आफ्नो स्वार्थ पूरा गर्न पूरै शहरलाई अशान्त, भयभीत र आक्रान्त बनाउनेहरूलाई पक्राउ गरी कडा कारबाही गर्न प्रशासन किन हिच्किचाइरहेको छ भन्ने प्रश्न गर्दै उनले वीरगंज कुनै व्यक्ति, समूह वा एजेन्डाको बन्धक नभई शान्ति, सद्भाव र आपसी विश्वासको साझा शहर भएको स्पष्ट गरे। यसलाई भड्काउन खोज्ने जो–कोहीमाथि निष्पक्ष कानुनी कारबाही हुनु नै न्याय, स्थायित्व र दीर्घकालीन समाधानको एकमात्र आधार भएको उनले जोड दिए।

मेयर सिंहले धर्म भावनाासँग जोडिएको विषय भएको उल्लेख गर्दै कसैले कसैको धार्मिक भावनासँग खेल्न नपाउने र भावना भड्काएर समाज बिथोल्न खोज्नेहरूलाई कुनै पनि हालतमा छुट दिन नमिल्ने स्पष्ट सन्देश दिएका छन् । अन्त्यमा उनले आपसी सद्भाव र भाईचारा अझ सुदृढ बनाउँदै शान्त, समुन्नत र “वैभव वीरगंज” तर्फ एकजुट भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...