Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा साँझ ६ बजेसम्म कर्फ्यू अवधि थपियो

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्था मध्यनजर गर्दै वीरगंज महानगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेशलाई आज मंगलबार साँझ ६:०० बजेसम्म निरन्तरता दिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगंज महानगरपालिकाभित्र चार किल्ला तोकी सो क्षेत्रभित्र कसैलाई पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको छ।
कर्फ्यू क्षेत्रको सीमाना पूर्वतर्फ बसपार्क, नगबा र ईनर्वा, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेट तोकिएको छ।

कर्फ्यू अवधिमा सुरक्षाकर्मीले आदेश उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्न सक्ने चेतावनी दिँदै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ । अत्यावश्यक अवस्थामा बाहिर निस्कनु परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गरी अनुमति लिन आग्रह गरिएको छ।

कर्फ्यू अवधिभर एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा कर्मचारी, पर्यटक सवारी, मानवअधिकार र कूटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...