Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

वीरगंजमा आज दिउँसो १ बजेसम्म कर्फ्यू आदेश निरन्तर

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेशलाई आज मंगलबार दिउँसो १:०० बजेसम्म निरन्तरता दिइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार हिजो साँझ ६:०० बजेदेखि आज बिहान ८:०० बजेसम्म लागू कर्फ्यूलाई पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम थप गरिएको हो।

कर्फ्यू लागू हुने क्षेत्रअन्तर्गत पूर्वतर्फ बसपार्क, नगवा र इनर्वा, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको सीमा तोकिएको छ। सो क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

प्रशासनले कर्फ्यू अवधिमा अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन अनुरोध गरेको छ। अत्यावश्यक कारणले बाहिर निस्कनु परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गर्न आग्रह गरिएको छ। कर्फ्यूको समयमा सुरक्षाकर्मीले कडा कदम चाल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन समेत प्रशासनले चेतावनी दिएको छ।

यद्यपि एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा यात्रा गर्ने यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...