Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026

धनुषाको घटनाले वीरगंज अशान्त, प्रशासनद्वारा कर्फ्यू आदेश जारी

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशको धनुषा जिल्लामा भएको मस्जिद तोडफोड तथा कुरान जलाइएको घटनालाई लिएर पर्साको सदरमुकाम वीरगंज आइतबारदेखि अशान्त बनेको छ। घटनाको विरोध र प्रतिक्रियास्वरूप दुई फरक समुदायले प्रदर्शन सुरु गरेपछि शहरको अवस्था तनावग्रस्त बनेको हो।

धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा गत शनिबार तोडफोड हुनुका साथै मुस्लिम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरान जलाइएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । सोही घटनाको विरोधमा आइतबार वीरगंजमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका थिए । त्यसपछि हिन्दु समुदायले पनि प्रदर्शन थालेसँगै स्थिति झन् जटिल बन्दै गएको हो ।

आइतबार बिहान मुस्लिम समुदायले मस्जिद तोडफोडको विरोधमा वीरगंजकाे विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका थिए । सोही दिन साँझ हिन्दु समुदायका युवाहरूले मोटरसाइकल जुलुस निकाल्दै सामाजिक सञ्जालमा हिन्दु धर्मप्रति आपत्तिजनक टिप्पणी गर्नेहरूलाई कारबाही गर्न माग गरेका थिए ।

सोमबार बिहान पुनः हिन्दु समुदायका युवाहरूले नाराबाजी गर्दै प्रदर्शन थालेपछि वीरगंज–३ छपकैया क्षेत्रमा मुस्लिम समुदायका युवाहरू पनि भेला भई नाराबाजी गरेका थिए । अवस्था तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको शहरी क्षेत्रमा सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लागू गरेको थियो।

निषेधाज्ञाको खबर सार्वजनिक भएलगत्तै माईस्थान मन्दिर क्षेत्रमा भेला भएका हिन्दु समुदायका युवाहरू पुनः सडकमा निस्किएर नाराबाजी गर्न थालेका थिए । आदर्शनगर हुँदै वीरतातर्फ अघि बढेका उनीहरूलाई मकालु होटल चोकमा प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपका क्रममा प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन प्रयास गरेको थियो ।

यसपछि प्रदर्शनकारीको एक समूह लाठगल्ली क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरी रोकेको थियो । त्यसक्रममा पनि केही समय प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

सोमबार साँझ मुर्ली चोकमा फरक समुदायका दुई युवकमाथि एक समूहले कुटपिट गरेपछि प्रहरीले त्यहाँ पनि लाठीचार्ज गर्दै पूर्ववडाध्यक्ष तुफान अन्सारीसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो।

निषेधाज्ञा जारी भए पनि दिनभर विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजकाे शहरी क्षेत्रमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा उल्लंघन गरी मशाल जुलुस निकाल्ने तयारी भएको सूचनापछि कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ।

यसअघि सोमबार जारी निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन गरेको आरोपमा दुवै समुदायका गरी २६ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार नियन्त्रणमा लिइएकाहरूको थप अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए स्वास्थ्य सेवा

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार वीरगंजस्थित माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आगामी असार ३२...

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने तालिम सम्पन्न

सेढवा । आदिवासी जनजाति सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने तालिम शुक्रबार बाराको सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणको आयोजना...

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...