Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा कर्फ्यू लाग्यो, साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म आवतजावत निषेध

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार आज पुस २१ गते साँझ ६:०० बजेदेखि पुस २२ गते बिहान ८:०० बजेसम्म कर्फ्यू लागू रहनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी कर्फ्यू आदेशअनुसार वीरगंज महानगरपालिकाभित्र पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको क्षेत्र कर्फ्यू क्षेत्र घोषणा गरिएको छ। सो सीमाभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी पूर्ण निषेध गरिएको छ।

जिल्ला प्रशासनले कर्फ्यू अवधिमा सुरक्षाकर्मीले कडा निगरानी गर्ने जनाएको छ। अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै, निस्किनु परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नम्बरमा फोन गरी मात्र बाहिर निस्कन अनुरोध गरिएको छ।

कर्फ्यू आदेशको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू तथा हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...