Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजका निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा मिति २०८२/०९/२१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको उक्त आदेशअनुसार तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

वीरगंजकाे पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म निषेधाज्ञा लागू हुने छ । वीरगंजमा आइतबारदेखि दुई समुदायकाे प्रदर्शन उग्र रुप लिएपछि प्रमुख जिल्ला अधिकारी दाहालद्वारा निषेधाज्ञा जारी गरिएकाे हाे ।

जिल्ला प्रशासनले निषेधाज्ञा आदेशको उल्लंघन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने स्पष्ट चेतावनी समेत दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...