Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नेशनल मेडिकल कलेज र प्याब्सन पर्साबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि. र प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), पर्साबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस २० गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज महानगरपालिका–१५, पर्सामा औपचारिक रूपमा सम्पन्न भएको हो।

सम्झौताअनुसार प्याब्सन पर्सासँग आबद्ध विद्यालयका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारजनलाई नेशनल मेडिकल कलेजमार्फत विशेष स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइनेछ। सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, चिकित्सकद्वारा अन–साइट क्लिनिक सञ्चालन, वेलनेस तथा स्वास्थ्य परीक्षण प्याकेजलगायत सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।

यस सम्झौतामार्फत ओपीडी टिकट, जनरल बेड, आईसीयू, एनआईसीयू, पीआईसीयू सेवा, शल्यक्रिया, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई तथा ओपीडी र आईपीडी फार्मेसी सेवामा समेत विशेष छुट उपलब्ध गराइने उल्लेख गरिएको छ।

सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.को तर्फबाट एडमिसन अफेयर्स तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी र प्याब्सन पर्साको तर्फबाट अध्यक्ष सरोज प्रसाद चौधरीले हस्ताक्षर गर्नुभएको हो। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने जनाइएको छ।

कार्यक्रममा प्याब्सनको तर्फबाट राज्य नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, साउथ जोन स्कूलका गेम को–अर्डिनेटर हासिम अन्सारी तथा नेशनल मेडिकल कलेजको तर्फबाट चीफ इन्फर्मेसन अफिसर इञ्जिनियर प्रदीप कुमार चौधरी र मार्केटिङ म्यानेजर जितेश चन्द्र दासको उपस्थिति रहेको थियो।

दुवै संस्थाबीच भएको यो सहकार्यले शैक्षिक क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...