Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजमा बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । बहुक्षेत्रीय पोषण योजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम आइतबार वीरगंजमा सम्पन्न भएको छ। कार्यक्रममा पोषण तथा खाद्य सुरक्षाका कार्यक्रम प्रभावकारी बनाउन बजेट थप गर्न सकिने र आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बैठकका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले पोषणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्दै स्रोत साधनको व्यवस्थापन र अन्तरनिकाय समन्वयमा महानगरपालिका प्रतिबद्ध रहेको बताए।

वीरगंज महानगरपालिका–२७ घुर्मीका अध्यक्ष हृदयानन्द प्रसादको अध्यक्षतामा सम्पन्न बैठकमा महानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द ठाकुरले प्रस्तुतिकरणमार्फत बहुक्षेत्रीय पोषण योजना सम्बन्धी कार्यक्रमको विस्तृत जानकारी गराए । उनका अनुसार उक्त कार्यक्रम वीरगंज महानगरपालिकाका वडा नम्बर १६, २२, २७ र ३२ मा सञ्चालन हुने छ।

कार्यक्रम संयोजक खुशबू श्रीवास्तवले करिब २० लाख रुपैयाँको लागतमा २५–२५ जनाको समूह गठन गरी पोषण तथा खाद्य सुरक्षा सम्बन्धी गतिविधि सञ्चालन गरिने जानकारी दिइन्।

बैठक तथा अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरमा पोषण सुधार, खाद्य सुरक्षा सुदृढीकरण र समुदायको सक्रिय सहभागिताबाट कार्यक्रम सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...