Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

निर्वाचनपछि मुलुकले पहिलो मधेसी प्रधानमन्त्री पाउँछ : सभापति पन्त

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरी पन्तले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि मुलुकले पहिलो पटक मधेसी प्रधानमन्त्री पाउने दाबी गरेका छन्। उनले मधेसी युवा बालेन्द्र साहलाई प्रधानमन्त्रीका रूपमा देशले पाउने बताएका हुन्।

रास्वपा वीरगंज महानगरपालिका–१ को प्रथम ऐतिहासिक वडा भेलालाई सम्बोधन गर्दै सभापति पन्तले मधेसको छोरा बालेन्द्र साहलाई प्रधानमन्त्रीको रूपमा अघि सार्नु सम्पूर्ण मधेसबासीका लागि गर्वको विषय भएको बताए। उनले अब मधेसको छोरालाई प्रधानमन्त्री बन्नबाट कसैले पनि रोक्न नसक्ने दृढ विश्वास व्यक्त गरे।

बजार छपकैया क्षेत्रमा सम्पन्न उक्त वडा भेलाले धुरुप साहको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ। गठित समितिको उपसभापतिमा मनोज कुमार, सचिवमा धीरज साह कलवार चयन भएका छन्। सदस्यहरूमा धुरेन्द्र साह तेली, ललन पासवान, लालचन कुमार कानु, धर्मेन्द्र दास, असलम मिया, राधे साह तेली, गिरिजा देवी ठाकुर र उमाराबती देवी रहेका छन्। त्यसैगरी सल्लाहकारमा बैजु साह, मिकाइल मिया र श्याम साह चयन भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज महानगरपालिकाका सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भेलामा वडा नम्बर १ का सयौं वडाबासीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए।

भेलाको सहजिकरण कृष्णा पासवानले गरेका थिए भने कार्यक्रमलाई केन्द्रीय सदस्य डा. नन्दन यादव, क्षेत्रीय सभापति राम आर्यलगायतका नेताहरूले सम्बोधन गरेका थिए। किसान साहले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा महानगर उपसभापति परितोष द्विवेदी, सचिव गौतम श्रेष्ठ, जिल्ला सचिव सुदिष प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मी, फैयाद मिया लगायतका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ। आगामी...

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...