Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

मानव सेवा आश्रम वीरगंजको ८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । मानव सेवा आश्रम वीरगंज शाखाको ८औँ वार्षिकोत्सव समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ। वीरगंजस्थित क्लासिक ब्यांकेटमा आयोजित समारोहको उद्घाटन मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले गर्नुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पटेलले वीरगंजमा निर्माणाधीन मानव सेवा आश्रम वीरगंज शाखाको भवन निर्माणमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आश्रमको आफ्नै भवन निर्माणका लागि व्यक्तिगत रूपमा पनि सहयोग गर्ने र आश्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगमा सदैव तत्पर रहने बताउनुभयो।

मन्त्री पटेलले देशभर सञ्चालनमा रहेका मानव सेवा आश्रमहरूमा राज्यको प्रत्यक्ष सहयोग र योगदान नहुनु तीतो यथार्थ भएको उल्लेख गर्नुभयो। समाजसेवामा समर्पित व्यक्तिहरूको योगदानकै आधारमा आश्रमहरू सञ्चालन भइरहेको बताउँदै उहाँले मानव सेवा आश्रममा खटिएका स्वयंसेवकहरू ईश्वररूपी भगवान् भएको धारणा व्यक्त गर्नुभयो। उहाँले उनीहरूको इमान्दारिता, सेवाभाव र योगदानको प्रशंसा शब्दले मात्र व्यक्त गर्न नसकिने समेत बताउनुभयो।

समारोहमा मानव सेवा आश्रम वीरगंज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, सामाजिक अभियन्ता प्रकाश थारुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताले गर्नुभएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...