Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न

spot_img
spot_img

वीरगंज । युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुपको संयुक्त आयोजनामा वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थी, युवा तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खेलकुद र खेलाडी महानगरपालिकाको प्राथमिकतामा रहेको स्पष्ट पार्दै खेलकै माध्यमबाट देशको पहिचान स्थापित हुने बताए। उनले नयाँ खेलाडी उत्पादन, क्षमता विकास, सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई महानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए। खेलकुदले अनुशासन, स्वास्थ्य र आत्मविश्वास बढाउने भएकाले युवालाई खेलप्रति आकर्षित गर्न स्थानीय सरकारले निरन्तर पहल गरिरहेको पनि उनले उल्लेख गरे।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह पराग, लायन्स क्लब इन्टरनेशनल ३२५ एस का प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर रामबिहारी पाण्डे, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ बासु तिमिल्सिना, प्याबसन पर्साकी उपाध्यक्ष सुशिला साह, पर्सा जिल्लाका एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेललगायतले नियमित दौड र खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउनेमा जोड दिएका थिए।

युथ सर्भ फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताए। दौडप्रति रुचि भएका प्रतिभालाई अवसर प्रदान गर्नु पनि कार्यक्रमको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो।

कार्यक्रम संयोजक दिपु वर्णवालले धन्यवाद मन्तव्य राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्था, स्वयंसेवक, सहभागी तथा समर्थकप्रति आभार व्यक्त गरे। उनले यस्ता कार्यक्रमले वीरगंजलाई खेलकुदमैत्री शहरको रूपमा चिनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।

म्याराथन प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय, उम्जन (बारा) का पप्पु कुमार यादव प्रथम, उनका भाइ धिरज प्रसाद यादव द्वितीय तथा वीरगंजस्थित एसआर ग्यालेक्सीका सचिन यादव तृतीय स्थान हासिल गर्न सफल भए। प्रथम हुने पप्पु यादवले एक थान साइकलसहित नगद ५ हजार १ सय रुपैयाँ, द्वितीय हुने धिरज यादवले नगद ५ हजार १ सय रुपैयाँ र तृतीय हुने सचिन यादवले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे। विजेताहरूलाई मेडल, प्रमाणपत्र तथा एक–एक जोर जुत्तासमेत प्रदान गरिएको थियो।

कार्यक्रम संयोजनमा अंकित चौरसिया, नरोत्तम पाण्डेलगायतको सक्रिय भूमिका रहेको थियो। कार्यक्रममा प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ता, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, लायन्स क्लब अफ वीरगंज ह्युमानिटीका अध्यक्ष अमरकान्त झा, मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

युथ सर्भ फाउण्डेशनकी सचिव सोनालाल सहनीका अनुसार प्रतियोगितामा पर्सा र बारा जिल्लाबाट २५० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...