Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

शिव–पार्वती मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा गुप्ता र उपाध्यक्षमा कानु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१० घडिअर्वास्थित श्मशान घाटमा रहेको ऐतिहासिक शिव–पार्वती मन्दिरको व्यवस्थापनका लागि नयाँ नेतृत्व चयन गरिएको छ। स्थानीयवासीको शनिबार बिहान बसेको भेलाले अजय गुप्ताको अध्यक्षतामा शिव–पार्वती मन्दिर व्यवस्थापन समितिको तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो।

समितिको उपाध्यक्षमा नन्दु साह कानु, सचिवमा बन्टीलाल साह कानु तथा कोषाध्यक्षमा राकेश साह कानु चयन भएका छन्। यस्तै, वीरगन्ज–१० का पूर्व वडासदस्य अरबिन्द साहलाई समितिको सल्लाहकारमा चयन गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए।

भेलाले समितिका अन्य सदस्यहरूको मनोनयन गर्ने अधिकार अध्यक्ष गुप्तालाई सर्वसम्मत रूपमा प्रदान गरेको छ। साथै, नवगठित तदर्थ समितिलाई आगामी तीन महिनाभित्र संस्थाको विधान तयार गरी कानुनी मान्यता प्राप्त गर्ने जिम्मेवारीसमेत दिइएको छ।

नयाँ समितिले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, मन्दिर व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा श्रद्धालुहरूको सुविधा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...