Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज महानगरपालिकामा आज शोक विदा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले महानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजु कुमार थापाको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आज शोक विदा दिएको छ।

थापा यही पुस ६ गते सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचाररत रहनु भएकोमा पुस १२ गते उपचारकै क्रममा निधन भएको हो। उहाँ २०५२ साल माघ १२ गतेदेखि वीरगंज महानगरपालिकामा कार्यालय सहयोगीका रूपमा नियुक्त भई लामो समयदेखि निरन्तर सेवा गर्दै आउनु भएको थियो।

दिवंगत थापाको आकस्मिक निधनले वीरगंज महानगरपालिका परिवार मात्र नभई सम्पूर्ण कर्मचारी वृत्तमा शोकको वातावरण सिर्जना भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

दिवंगत थापाको शोकमा शुक्रबार बिहान ११ बजे वीरगंज महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। शोक सभामा महानगर प्रमुखको उपस्थितिमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण तथा महानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रशासन प्रमुख सुनिल कर्णका अनुसार आज महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...