Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

वीरगंजमा वडाध्यक्ष कानुको अग्रसरतामा छाडा कुकुरका लागि न्यानो बासको व्यवस्था

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० मा सडकमा रहेका छाडा (सामुदायिक) कुकुरहरूलाई चिसो र शीतलहरबाट जोगाउन अस्थायी बासस्थल ‘डग हाउस’ को व्यवस्था गरिएको छ।

वडाध्यक्ष सुशील साह कानुको अग्रसरतामा हाल चिसोबाट प्रभावित कुकुरहरूका लागि वडाका विभिन्न स्थानमा कुकुर बस्ने घरहरू राखिएको हो।

शुक्रबार मात्रै वडा नम्बर १० का पाँच स्थानमा काठबाट बनेका ‘डग हाउस’ राखी त्यसभित्र न्यानोका लागि जुटको बोराभित्र पराल भरिएको व्यवस्था गरिएको वडाध्यक्ष कानुले जानकारी दिए। उनका अनुसार एक हप्ताभित्र वडाका थप १० स्थानमा पनि सडकका कुकुरहरूका लागि डग हाउस राखिनेछ।

यस अभियानका लागि विभिन्न दाताहरूबाट सहयोग संकलन भइरहेको वडाध्यक्ष कानुले बताए। उनले भने, “अहिलेको चिसो र शीतलहरले मानिस मात्र होइन, सडकका कुकुरहरू पनि अत्यन्त प्रभावित भएको देखेँ। त्यसैले केही दाताहरूसँग सहयोगको आग्रह गरेँ, उहाँहरू सकारात्मक हुनुभयो।” एक डग हाउसमा ३ देखि ५ वटा कुकुर बस्न सक्ने व्यवस्था गरिएको छ।

गत वर्ष पुस महिनामा परेको शीतलहरका बेला पनि वडाध्यक्ष कानुले आफ्नै निजी खर्च तथा दाताहरूको सहयोगमा वडा नम्बर १० का विभिन्न १० स्थानमा कुकुरहरूका लागि डग हाउस निर्माण गराएका थिए। उनका अनुसार वडा नम्बर १० मा मात्रै २०० भन्दा बढी सडक कुकुर रहेका छन्।

सडकका कुकुरहरूको बास व्यवस्थापनका लागि आवश्यक सामग्री वडा कार्यालयको बजेटबाट नभई व्यक्तिगत खर्च र दाताहरूको सहयोगबाट जुटाइएको उनले स्पष्ट पारे। “यसमा वडा कार्यालयको बजेट खर्च गरिएको छैन। मेरो निजी खर्च र मनकारी दाताहरूको सहयोगमा डग हाउस राखिएको हो,” उनले भने।

सडकका कुकुर पनि मानिसजस्तै जीव भएको उल्लेख गर्दै वडाध्यक्ष कानुले चिसो मौसममा उनीहरूको अवस्था दयनीय देखिएकाले गत वर्षदेखि नै न्यानो बासको अभियान सुरु गरिएको बताए।

यसका साथै चिसो र शीतलहरले जनजीवनसमेत प्रभावित भएपछि वडा नम्बर १० का विभिन्न स्थानमा दाउरा राखी आगो ताप्ने व्यवस्था पनि गत सातादेखि मिलाइएको वडाध्यक्ष कानुले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...