Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

टेकबहादुर शाक्य रास्वपा प्रवेश, पर्सा–४ बाट सम्भावित उम्मेदवार

spot_img
spot_img

वीरगंज । तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर शाक्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। रास्वपा पर्साका सभापति हरी पन्तले वीरगंजमा आज आयोजित एक कार्यक्रमबीच शाक्यलाई पार्टी प्रवेश गराएका हुन्।

ठोरी गाउँपालिका निवासी शाक्य विगत केही वर्षदेखि सक्रिय राजनीतिबाट निष्क्रिय रहँदै आएका थिए। पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले मुलुकको समग्र राजनीति नै विकृत बन्दै गएको महसुसका कारण आफू केही समय निष्क्रिय बसेको बताए। तर भाद्र २३ र २४ गते सम्पन्न जेन्जी विद्रोहपछि देशको राजनीतिमा नयाँ आशा पलाएको अनुभूति भएको भन्दै त्यसैको प्रभावले आफू पुनः राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारे।

शाक्यले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा समेत गरेका छन्। रास्वपाले उनलाई पर्सा–४ का लागि सम्भावित उम्मेदवारका रूपमा अघि सारेको रास्वपा क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्राले जानकारी दिए।

रास्वपा पर्सा सभापति हरी पन्तको सभापतित्वमा सम्पन्न उक्त पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य नन्दन यादव र क्षेत्रीय सभापति जितेन्द्र मिश्राले मन्तव्य राख्दै शाक्यको राजनीतिक अनुभव र जनआधार पार्टीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। कार्यक्रमको सहजीकरण सुदिस प्रजापतिले गरेका थिए।

शाक्यको रास्वपामा प्रवेशसँगै पर्सा–४ को राजनीतिक समीकरण थप चासोको विषय बनेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ। आगामी...

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...