Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

बारागढीमा एसईई अभिमुखिकरण तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराकाे बारागढी गाउँपालिका स्थित श्री नेपाल जनता माध्यमिक विद्यालय बुधगाइको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा आयोजित S.E.E Awareness and Educational Semi – व्यक्तित्व विकास कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता हेल्पिङ्ग हैण्ड युथ सोसाइटीका अध्यक्ष श्री राज कुमार गुप्ता ज्युले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका प्रमुख श्री अशोक कुमार जैसवाल ज्यु तथा विशेष अतिथि लक्ष्मी राय ज्यु उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, कार्यक्रममा प्राशिक्षक मुकेश मिश्र, प्रमुख शिक्षा प्रमुख जालमति, सबै वडाका अध्यक्ष, विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू उपस्थित थिए।

कार्यक्रमका मुख्य वक्ता मोटिभेशनल स्पीकर प्रदीप कुमार साह सरले विद्यार्थीहरूलाई एस.ई.ई परीक्षाका लागि समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्रहरूको अभ्यास, र आत्मविश्वास अभिवृद्धि गर्ने उपायहरूमा प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई कठिन विषयमा ध्यान केन्द्रित गर्दै साना विश्रामसहित अध्ययन गर्ने रणनीति अपनाउन प्रेरित गर्नुभयो।

कार्यक्रमको प्रबन्धन तथा निर्देशन पुनम यादव ले गर्नु भएको थियो भने उद्घोषण कुमकुम गुप्ता ले गर्नुभयो। सहभागीहरूले प्रशिक्षणले उनीहरूलाई सकारात्मक दृष्टिकोण र योजनाबद्ध तयारीमा महत्वपूर्ण सहयोग पुर्‍याएको बताए।

यस कार्यक्रममा विद्यार्थीहरूको व्यक्तित्व विकास र परीक्षा तयारी दुवैमा मार्गदर्शन प्रदान गर्दै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न विशेष पहल गरिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...