Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पूर्वमन्त्री राजकुमार गुप्तालाई घुस मुद्दामा थुनामा पठाउने विशेष अदालतकाे आदेश

spot_img
spot_img

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई घुस लिएको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार गुप्तालाई थुना पुर्जी दिई कारागार पठाउन आदेश दिएको हो।

पूर्वमन्त्री गुप्ताले अदालतमा आफूमाथि लागेको आरोप झुटो भएको दाबी गर्दा पनि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको छ।

अदालतले थुनामा पठाउने निर्णयका लागि पाँच आधारलाई मुख्य प्रमाण मानेको छ। पहिलो, प्रतिवादीहरूबीचको फोन संवादको अडियो र भिडियो रेकर्ड तथा डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदन। दोस्रो, प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, रजिता श्रेष्ठ र सुजन कुमार तामाङले पठाएका म्यासेज। तेस्रो, गरिमा विकास बैंकको स्टेटमेन्ट, जसमा यामकुमारी गुरुङको खातामा रकम जम्मा र झिकिएको विवरण। चौथो, मालपोत अधिकृतको सरकारी निवासमा रकम गणना गर्दै गाडीमा राखिएको बेलाका तस्बिर। पाँचौं, सह–प्रतिवादी सुजन कुमार तामाङसहित अन्यले अख्तियारमा दिएका बयान।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोक्ने र भूमि समस्या समाधान आयोगमा सदस्य बनाइदिने आश्वासन दिँदै घरजग्गा व्यवसायीसँग घुस लिएको आरोप लागेको हो।

डिजिटल फरेन्सिक परीक्षणमा अडियो–भिडियो सामग्री प्रतिवादीहरूसँग मेल खाने र छेडछाड नभएको पुष्टि भएको थियो। गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

यस मामलामा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी/विचौलिया सुजन कुमार तामाङ, खमबहादुर पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरसमेत मुछिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...