Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

आमाको माया छात्रावासमा थर्मस, मोजा र पञ्जा वितरण

spot_img
spot_img

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज महानगर र डिएभी स्कूलको इन्टरएक्ट क्लबको संयुक्त आयोजनामा आमाको माया छात्रावासमा न्यानो सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २६ थान थर्मस, मोजा र पञ्जा वितरण गरिएको थियो । कार्यक्रमको प्रायोजन प्रकाश कर्णले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तव उपस्थित हुनु भएको थियो । विशेष अतिथिहरूमा रोट्र्याक्ट क्लब अफ वीरगंज महानगरका अध्यक्ष रामविनय यादव, डिएभी स्कूल इन्टरएक्ट क्लबकी अध्यक्ष नव्या खेतान, यूथ सर्भ सोसाइटीका अध्यक्ष नाकुल गुप्ता, रोट्र्याक्ट क्लबका पूर्व अध्यक्ष आलोक रंजन कर्ण, उपाध्यक्ष अञ्जली गर्ग, रोहन गुप्ता, आलोक यादव र हरिशंकर साह सहभागी हुनु भएको थियो।

यसैगरी, डिएभी स्कूल इन्टरएक्ट क्लबका सदस्यहरू जेसिका यादव, मोहित मित्रुका, रिपु सिंह, प्रणव राज कर्ण र सिद्धार्थ शर्मा पनि कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा वक्ताहरूले समाजसेवामूलक कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने र आगामी दिनमा यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजक संस्थाहरूले सहयोगी हातहरू र उपस्थित सबै अतिथिहरूप्रति धन्यवाद ज्ञापन गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...