Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

आमाको माया छात्रावासमा थर्मस, मोजा र पञ्जा वितरण

spot_img
spot_img

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज महानगर र डिएभी स्कूलको इन्टरएक्ट क्लबको संयुक्त आयोजनामा आमाको माया छात्रावासमा न्यानो सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २६ थान थर्मस, मोजा र पञ्जा वितरण गरिएको थियो । कार्यक्रमको प्रायोजन प्रकाश कर्णले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तव उपस्थित हुनु भएको थियो । विशेष अतिथिहरूमा रोट्र्याक्ट क्लब अफ वीरगंज महानगरका अध्यक्ष रामविनय यादव, डिएभी स्कूल इन्टरएक्ट क्लबकी अध्यक्ष नव्या खेतान, यूथ सर्भ सोसाइटीका अध्यक्ष नाकुल गुप्ता, रोट्र्याक्ट क्लबका पूर्व अध्यक्ष आलोक रंजन कर्ण, उपाध्यक्ष अञ्जली गर्ग, रोहन गुप्ता, आलोक यादव र हरिशंकर साह सहभागी हुनु भएको थियो।

यसैगरी, डिएभी स्कूल इन्टरएक्ट क्लबका सदस्यहरू जेसिका यादव, मोहित मित्रुका, रिपु सिंह, प्रणव राज कर्ण र सिद्धार्थ शर्मा पनि कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा वक्ताहरूले समाजसेवामूलक कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने र आगामी दिनमा यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजक संस्थाहरूले सहयोगी हातहरू र उपस्थित सबै अतिथिहरूप्रति धन्यवाद ज्ञापन गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...