Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

कालिकामाई युवा समाजको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: चाैरसिया

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकास्थित कालिकामाई युवा समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले पुनः आकाश चौरसियालाई अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ।

नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा आकाश महतो, उपाध्यक्षमा भरत साह, महा सचिवमा विशाल कुशवाहा, सचिवमा सुदिप चौरसिया, कोषाध्यक्षमा बुलट तिवारी रहेका छन् । त्यसैगरी सदस्यमा सविर आलम, मोहन महतो, रमेश चौरसिया, साहजाद आलम, सुजित कुशवाहा, चन्द्रशेखर पटेल, विनय चौरसिया सर्वसहमत चयन भएका छन् ।

अध्यक्ष चौरसियाले संस्थालाई अझ दृढ संकल्पका साथ सर्वोच्च शिखरमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण कार्यसमिति र साधारण सभा सदस्यहरूको सल्लाह र सुझावमा आधारित भएर अघि बढ्ने आश्वासन दिए ।

समाजका संस्थापक अध्यक्ष समेत रहेका अकाश चाैरसियाकाे अध्यक्षतामा सम्पन्न साधारण सभामा कालिकामाई गाउँपालिका वडा नं २ का वडाध्यक्ष सोनालाल प्रसाद चौरसिया, वडा नं १ का वडाध्यक्ष लालबाबु प्रसाद चौरसिया, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षक, वडा सदस्य सञ्जय शर्मा, इलाका प्रहरी कार्यालय कालिकामाईका प्रमुख जगमोहन साह लगायतका स्थानीय युवा र साधारण सभा सदस्यको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...