Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

मधेश सरकारको मन्त्रीपरिषदमा दलित शून्यता, आजपाको आपत्ति

‘संवैधानिक हकको गम्भीर उल्लङ्घन’

spot_img
spot_img

वीरगंज । मधेश प्रदेश सरकारको पछिल्लो मन्त्रीपरिषद् विस्तारमा दलित समुदायलाई पूर्ण रूपमा निषेध गरिएको भन्दै आम जनता पार्टी (आजपा) ले कडा आपत्ति जनाएको छ। आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले मधेश प्रदेशको कुल जनसंख्यामा करिब १८ प्रतिशत हिस्सा रहेको दलित समुदायलाई मन्त्रीपरिषद्‌मा शून्य सहभागिता गराइनु अत्यन्तै दुखद र आपत्तिजनक भएको बताएका छन्।

कुशवाहाका अनुसार संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्तलाई मधेश प्रदेश सरकारले बेवास्ता गरेको छ। “मधेशमा दलितलाई निषेध गर्नु केवल समावेशी मान्यताको अपमान मात्र होइन, यो दलित समुदायको संवैधानिक हकको गम्भीर उल्लङ्घन हो,” उनले भने।

उनले कालिका टाईम्ससंग कुरा गर्दै दलित समुदायको प्रतिनिधित्व सुनिश्चित नगरी मन्त्रीपरिषद् विस्तार गर्नु सामाजिक न्याय र समावेशीताको भावना विपरीत रहेको उल्लेख गरे। यस्तो प्रवृत्तिले प्रदेश सरकारप्रति दलित समुदायको भरोसा कमजोर बनाउने र समावेशी लोकतन्त्रको अभ्यासमाथि प्रश्न उठाउने उनको भनाइ छ।

आजपाले मधेश प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गराउँदै दलित समुदायको संवैधानिक अधिकारको सम्मान गर्न र मन्त्रीपरिषद्‌मा समुचित प्रतिनिधित्व सुनिश्चित गर्न तत्काल कदम चाल्न माग गरेको छ। पार्टीले समयमै सुधार नभए दलित अधिकार र समावेशीताका पक्षमा थप संघर्ष गर्ने संकेत समेत दिएको छ।

मधेश प्रदेश सरकारको मन्त्रीपरिषद् विस्तारलाई लिएर दलित प्रतिनिधित्वको विषय सार्वजनिक बहसको केन्द्रमा आएको छ, जसले समावेशी शासनप्रणालीको कार्यान्वयन कत्तिको प्रभावकारी छ भन्ने प्रश्न पुनः उठाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...

मधेश प्रदेश : छ वर्षमा २८ हजार ८३ भवन निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा...

सडक निर्माण नगरी नक्कली बिलबाट रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा

वीरगंज । सडक निर्माण नै नगरी नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...