Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

अगामी निर्वाचनमा युवाको चेतावनी : ‘अब चुप बस्दैनौँ’

spot_img
spot_img

वीरगंज । अगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा नेविसंघका विद्यार्थी नेता कृष पटेलले युवापुस्ताले अब चुप नबस्ने स्पष्ट चेतावनी दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीसहित नयाँ भनिएका राजनीतिक शक्तिहरूको पछिल्लो व्यवहारले युवाहरूको भरोसा कमजोर बनाएको बताएका छन्।

पटेलका अनुसार, फागुनमा हुन गइरहेको निर्वाचनमा कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाहजस्ता व्यक्तिहरूको सम्भावित एकजुटताले सकारात्मक सन्देश दिएको थियो। यसले पुराना दलप्रति निराश भएका युवाहरूमा नयाँ आशा र विश्वास जगाएको उनको भनाइ छ।

तर हालै सार्वजनिक समानुपातिक उम्मेदवार सूचीले त्यही आशामाथि प्रश्न खडा गरेको पटेलले बताए। नयाँ राजनीति र सुशासनको दाबी गर्ने शक्तिहरूले नै नातावाद र कृपावादलाई प्राथमिकता दिनु निराशाजनक भएको उनको टिप्पणी छ। विशेषगरी पारिवारिक नाताका आधारमा व्यक्तिहरूलाई अवसर दिनु, लामो समयदेखि पुराना दलहरूलाई लगाइँदै आएको आलोचनासँग मेल नखाने र नैतिक कमजोरीको संकेत भएको उनले बताए।

नेविसंघले नेपाली कांग्रेसभित्र पनि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गरेको छ। संगठनका अनुसार पार्टीभित्र पुस्तान्तरण, योग्य युवालाई अवसर र एउटै अनुहारलाई पटक–पटक उम्मेदवार बनाउने प्रवृत्तिमाथि पुनर्विचार हुनुपर्ने समय आएको छ। निरन्तर एउटै व्यक्तिलाई अवसर दिँदै जानु कत्तिको जायज हो भन्ने प्रश्न अब युवापुस्ताले उठाउने जनाइएको छ।

उनले भने, “अब हामी युवापुस्ता चुप बस्दैनौं। नयाँ भनिएका दल हुन् वा परम्परागत पार्टीहरू — जहाँ नातावाद, कृपावाद र अवसरको अन्याय हुन्छ, त्यहाँ प्रश्न उठाइनेछ। अन्ततः कुन पार्टीले सही अभ्यास गर्‍यो र कुनले जनआशा तोड्यो भन्ने मूल्याङ्कन जनताले नै गर्नेछन्।”

नेवि संघ नेता यस चेतावनीलाई फागुनको निर्वाचनमा युवाको भूमिका अझ सक्रिय र निर्णायक बन्दै गएको संकेतका रूपमा हेरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...