Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

सशस्त्र प्रहरीद्वारा धुतहा खोलाबाट १२० के.जी. गाँजा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले १२० के.जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल विओपी प्रसौनिभाठाबाट बुधबार खटिएको गस्ती टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनिभाठा गाउँस्थित धुतहा खोलाको किनारबाट साे गाँजा बरामद गरेको हो।

गस्तीका क्रममा नेपालबाट भारततर्फ प्रतिबन्धित लागुऔषध बोकेर लैजाँदै गरेका केही व्यक्तिहरुले सुरक्षाकर्मीलाई देख्नासाथ ८ वटा प्लास्टिकका पोका छोडी फरार भएका थिए । उक्त पोकाहरु खोल्दा जम्मा १२० के.जी. लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिए ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई थप कडा बनाइएको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...