Date
शनि, जेष्ठ २, २०८३
Sat, May 16, 2026

पूर्व प्रदेश सांसद गिरीसहित एमाले पर्साका एक दर्जनभन्दा बढी नेता नेकपामा प्रवेश

वीरगंज । नेकपा एमालेका नेता तथा पूर्व प्रदेशसभा सदस्य प्रहलाद गिरीसहित पर्साका एक दर्जनभन्दा बढी नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरूमा बिन्दवासिनी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीलाल साह कानु (मोदी), वडा अध्यक्षका प्रत्यासी तथा एमाले पर्सा जिल्ला सचिवालय कमिटी सदस्य हनिफ अंसारी, नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य एवं पोखरिया नगरपालिकाकी उपमेयर पदकी प्रत्यासी बिना देवी बैठा, एमाले नेता लक्ष्मण चौरसिया, बिन्दवासिनी गाउँपालिका उपाध्यक्ष उमेश चौरसिया, एमालेबाट निर्वाचित पूर्व वडा अध्यक्ष संजय चौहान, लोसपाका नेता सुदामा चौहान, स्थानीय नेता हारुन अंसारी, अमित पाण्डे, राजेन्द्र साह कलवार, शिवशंकर गोढ, भोला साहलगायत रहेका छन्।

नव प्रवेशी नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव नेपालले खादा लगाई पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा नेकपाका नेता मात्रिका यादव, पर्साका नेता छोटेलाल यादव, पी.एल. श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

नेकपा प्रवेश गरेका प्रहलाद गिरी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएका थिए। पर्सा क्षेत्र नं. ३ का प्रभावशाली नेताहरूको सामूहिक प्रवेशसँगै साे क्षेत्रमा नेकपाको संगठन थप बलियो हुने नेताहरूको दाबी छ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज भन्सार पछाडि खसी–बोकाको तस्करी, सशस्त्र प्रहरीमाथि मिलेमतोको आरोप

वीरगंज । वीरगंज भन्सार कार्यालय पछाडिको ईनर्वा गाउँ नाका हुँदै सिमावर्ती भारतीय शहर रक्सौलबाट खसी–बोकाको निर्वाध तस्करी भइरहेको पाइएकाे छ । सशस्त्र प्रहरी बल...

वीरगंजको मुख्य सडक आवश्यकता अनुसार फराकिलो बनाऔँ : पूर्वमन्त्री प्रदीप यादव

वीरगंज । पूर्वमन्त्री तथा पर्सा क्षेत्र नं. १ का निर्वतमान प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगंजको मुख्य सडक आवश्यकता र औचित्यका आधारमा मात्रै फराकिलो बनाइनुपर्ने...

वीरगंजका होटलमा अनुगमन, तीन व्यवसायीलाई जरिवाना

वीरगंज । जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले मूल्य पारदर्शिता सप्ताह अन्तर्गत शुक्रबार वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनहरूमा आकस्मिक अनुगमन गरेको...