Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान करिब २:०० बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी प्रसौनीभाठ्ठा र बीओपी अमरपट्टीबाट खटिएको संयुक्त पैदल गस्ती टोलीले भारततर्फ जाँदै गरेका एक व्यक्तिलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी अन्दाजी ५८ वर्षीय मनोहर सहनी रहेका छन् । उनको साथमा रहेको प्लास्टिकको बोराभित्र जाँच गर्दा दुई पोकामा राखिएको करिब ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ तथा पक्राउ परेका सहनीलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...