Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

धोबीनी गाउँपालिकाको ३१ करोड ७ लाखकाे बजेट सार्वजनिक

spot_img
spot_img

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको अनुमानित वार्षिक बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार गाउँपालिकाको सभाहलमा आयोजित १३औँ गाउँसभामा उपाध्यक्ष मञ्जु देवीको अनुमतिमा प्रमुख प्रशासकीय अधिकृत कृष्णा खतिवडाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेट अनुसार नेपाल सरकारकाे वित्तिय हस्तान्तरण तर्फ समानिकरण अनुदान ८ कराेड ८५ लाख, शसर्त अनुदान १३ कराेड ५२ लाख, राजश्व बाँडफांड ७ कराेड ७९ लाख २७ हजार र समपुर अनुदान ७० लाख रहेकाे छ ।

यसैगरी प्रदेश सरकारकाे वित्तिय हस्तान्तरण तर्फ राजश्व राजश्व बाँडफांड ४० लाख ७० हजार, प्रदेश समपुरक अनुदान ५६ लाख ७० हजार, स्थानिय राजश्व बाँडफांड २० लाख र आन्तरिक राजश्व ५० लाख रहेकाे छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा प्रभावकारी सेवा प्रवाहमार्फत धोबीनी गाउँपालिकालाई पर्सा जिल्लाकै उत्कृष्ट स्थानीय तहका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले आगामी वर्ष शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिकाको सशक्तीकरण, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।

उनले विकास निर्माणका योजनालाई तीव्र गतिमा अघि बढाइने तथा नागरिकले सहज, छिटो र प्रभावकारी सेवा प्राप्त गर्ने वातावरण निर्माणमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष मञ्जु देवी कुर्मिन, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...