Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पर्साका प्रहरी प्रवक्ता डीएसपी बस्नेतको मानव बेचबिखन ब्युरोमा काज सरुवा

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतको काज सरुवा भएको छ । उनी जिल्ला प्रहरी कार्यालय पर्साबाट काज सरुवा भई मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा जाने भएका छन् ।

साेमबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित एक कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलगायत प्रहरी अधिकृतहरूले डीएसपी बस्नेतलाई मायाको चिनो प्रदान गर्दै सम्मानसहित बिदाइ गरेका हुन् ।

कार्यक्रममा प्रहरी अधिकृतहरूले पर्सामा कार्यरत रहँदा डीएसपी बस्नेतले निर्वाह गरेको जिम्मेवारी, व्यावसायिक दक्षता तथा संगठनप्रतिको योगदानको प्रशंसा गर्दै नयाँ कार्यस्थलमा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

साे अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पाैडेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...