Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

सार्वजनिक स्थानमा रहेका झण्डाको नियमित अनुगमन, मर्मत र सम्मानजनक व्यवस्थापन गर्न स्थानीय तहलाई परिपत्र

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र जारी गर्दै विभिन्न चोक, पुल, उद्यान तथा सार्वजनिक स्थलमा राखिएका राष्ट्रिय झण्डा च्यातिएको, रङ्ग उडेको तथा फोहोर अवस्थामा रहेको भन्दै जनस्तरबाट व्यापक गुनासो आएको उल्लेख गरेका छन् ।

परिपत्रमा नेपालको राष्ट्रिय झण्डा राष्ट्रको गौरव, स्वाभिमान र पहिचानको प्रतीक भएकाले यसको मर्यादा र सम्मान कायम राख्नु सबैको साझा संवैधानिक तथा नागरिक दायित्व भएको उल्लेख गरिएको छ । साथै “राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९” अनुसार सार्वजनिक स्थानमा प्रयोग गरिने झण्डा सफा, सग्लो र मर्यादित अवस्थामा हुनुपर्ने कानुनी व्यवस्था रहेको पनि स्मरण गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई आफ्ना क्षेत्रभित्र रहेका राष्ट्रिय झण्डाको अवस्था तत्काल निरीक्षण गरी आवश्यक सुधार गर्न निर्देशन दिएको छ ।

निर्देशनअनुसार च्यातिएका, रङ्ग उडेका वा फोहोर भएका झण्डालाई तत्काल हटाई तोकिएको मापदण्डअनुसारका नयाँ झण्डा राख्नुपर्नेछ । त्यसैगरी सार्वजनिक स्थानमा राखिएका झण्डाको नियमित अनुगमन गर्ने प्रणाली विकास गर्न, पुराना वा मक्किएका झण्डालाई जथाभावी नफ्याँकी कार्यविधिअनुसार सम्मानपूर्वक र सुरक्षित रूपमा विसर्जन गर्न तथा झण्डा राखिएका स्थानको सरसफाइ र सुरक्षाको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने उल्लेख गरिएको छ ।

प्रशासनले राष्ट्रिय झण्डाको सम्मान र मर्यादा कायम राख्न सबै स्थानीय तहलाई निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...