Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन वीरगंजद्वारा आयोजित नकआउट क्रिकेट प्रतियोगिताका पाँच खेल सम्पन्न

spot_img
spot_img

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र नकआउट क्रिकेट प्रतियोगिताअन्तर्गत पाँच वटा रोमाञ्चक खेल सम्पन्न भएका छन् ।

प्याब्सन वीरगञ्जका सचिव अमित आलोकका अनुसार विद्यार्थीहरूमा खेलकुद भावना विकास गर्नुका साथै शारीरिक तथा मानसिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

छात्रातर्फ सम्पन्न पहिलो खेलमा माउन्ट एडमन्ड स्कुलले जीवन ज्योति स्कुललाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । उत्कृष्ट प्रदर्शन गरेकी माउन्ट एडमन्डकी स्मृति कुमारी भुलम ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।

जुनियर छात्रतर्फको दोस्रो खेलमा अल्पाइन स्कुलले माउन्ट मकालु स्कुललाई २९ रनले पराजित गरेको छ । उक्त खेलमा अल्पाइन स्कुलका अजद आलम ‘प्लेयर अफ दि म्याच’ बने ।

त्यस्तै, छात्रातर्फको तेस्रो खेलमा गौतम स्कुलले गुरुकुल स्कुललाई ६० रनको फराकिलो अन्तरले पराजित गर्‍यो । गौतम स्कुलकी श्रेष्का बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन् ।

चौथो खेलमा छात्रातर्फ नै अल्पाइन स्कुल र एसआर ग्यालेक्सी स्कुलबीच भएको प्रतिस्पर्धामा एसआर ग्यालेक्सी स्कुलले ५ विकेटको जित दर्ता गर्‍यो । यस खेलमा रागनी कुशवाहा ‘प्लेयर अफ दि म्याच’ बनिन् ।

पाँचौँ खेल जुनियर छात्रतर्फ गौतम स्कुल र गोल्डेन फ्युचर स्कुलबीच सम्पन्न भएको थियो, जसमा गोल्डेन फ्युचर स्कुलले ७ विकेटको जित हात पार्‍यो । गोल्डेन फ्युचरका रेहान अन्सारी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमै क्रिकेटप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूबीच अनुशासन, टिमवर्क र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका बाँकी खेलहरू आगामी दिनमा निरन्तर सञ्चालन हुने प्याब्सन वीरगञ्जले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...