Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज–१८ भवानीपुरमा बर्थिङ सेन्टर सञ्चालन, ग्रामीण महिलालाई सुरक्षित प्रसूती सेवा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १८ स्थित भवानीपुरमा आजदेखि बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । सुरक्षित मातृत्व सेवा प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको बर्थिङ सेन्टरको महानगर प्रमुख राजेशमान सिंहले एक कार्यक्रमकाबीच उद्घाटन गर्दै औपचारिक रूपमा सेवा शुभारम्भ गर्नुभएको हो ।

उद्घाटन समारोहमा बोल्दै महानगर प्रमुख सिंहले शहरमा मात्र नभई ग्रामीण भेगका बासिन्दालाई पनि सहज र सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने लक्ष्यका साथ बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । स्वास्थ्य संस्थामै प्रसूती गराउन प्रोत्साहन गर्नु मातृ तथा शिशु मृत्युदर घटाउने प्रभावकारी उपाय भएको उहाँको भनाइ थियो ।

‘ग्रामीण क्षेत्रका गर्भवती महिलाले सामान्य प्रसूती सेवाका लागि पनि शहर धाउनुपर्ने बाध्यता हटाउन गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो,’ प्रमुख सिंहले भन्नुभयो, ‘यसले स्थानीय महिलालाई समयमै र सुरक्षित सेवा प्राप्त गर्न ठूलो सहयोग पुग्नेछ ।’

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन पूरा गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले यस केन्द्रबाट स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै वडा नं. १८ का वडा अध्यक्ष उमाशंकर तिवारीले बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै वडामै सामान्य प्रसूती सेवा उपलब्ध हुने बताउँदै यसले स्थानीय नागरिकलाई ठूलो सहजता प्रदान गरेको उल्लेख गर्नुभयो ।
‘यसअघि सुत्केरी व्यथा लागेपछि रातबिरात गर्भवती महिलालाई वीरगंज लैजानुपर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो, ‘अब वडामै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यो समस्या ठूलो हदसम्म समाधान भएको छ ।’

आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन पूरा भएपछि आजबाट बर्थिङ सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सेन्टरमा प्रि–डेलिभरी कक्ष, पोस्ट–डेलिभरी कक्ष, जाँच कक्ष, ड्रेसिङ रुम, प्रयोगशाला (ल्याब), स्टोर, प्रशासनिक कक्ष तथा शौचालयको छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।

यसअघि वीरगंज महानगरपालिकाले वडा नं. २१ लिपनीविर्ता र वडा नं. २८ बगहीमा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकेको छ । वडा नं. २८ स्थित बगही स्वास्थ्य केन्द्रमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्रसूती तथा बाह्य रोग (ओपीडी) सेवा २४ सै घण्टा सञ्चालन हुने गरी स्तरोन्नति भइसकेको छ ।

वीरगंज बजार क्षेत्रमा नारायणी अस्पतालसहित विभिन्न निजी अस्पताल तथा क्लिनिकहरूबाट विशेषज्ञ चिकित्सकमार्फत प्रसूती सेवा उपलब्ध हुँदै आएको छ । महानगरपालिकाले शहरसँगै ग्रामीण क्षेत्रको स्वास्थ्य सेवालाई सन्तुलित रूपमा विस्तार गर्दै लगेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...