Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

माघी (खिचडी) पर्व २०८२ भव्य रूपमा मनाउन वीरगंजमा मूल समारोह समिति गठन

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको वीरगंज माघी (खिचडी) पर्व २०८२ लाई भव्य र सभ्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

२०८१ पुस २ गते सम्पन्न एक भेलाबाट माघी (खिचडी) मूल समारोह समिति २०८२ गठन गरिएको हो। भेलामा नागरिक समाज, युवा, किसान तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलाले जङ्गबहादुर चौधरीलाई संयोजक (सभापति) चयन गरेको छ। यस्तै, शम्भु महतो चौधरी उप–संयोजक तथा मनोज चौधरी सह–संयोजकमा चयन भएका छन्।

विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी २० सदस्यीय समिति गठन गरिएको छ। नवगठित समितिले माघी पर्वलाई सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्वसहित मनाउने निर्णय गरेको जनाएको छ।

समितिका अनुसार माघी पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम, परम्परागत भेषभूषा प्रदर्शन, परम्परागत खानाका स्टल तथा विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ। माघी पर्वमार्फत थारु समुदायसहित सम्पूर्ण समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा र बारा सहित मधेसका ८ जिल्लामा डीजे आतंक बन्द गरिने, प्रहरीलाई निर्देशन

जनकपुरधाम । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लामा बढ्दो डीजे आतंक तथा ध्वनि प्रदूषण नियन्त्रणका लागि कडा कदम चाल्ने निर्णय...

लिटिल बडीमा अध्ययनरत बालबालिकाद्वारा आमाको छात्रावासमा आश्रितलाई सहयाेग

वीरगंज । लिटिल बडी प्रि-स्कुलमा अध्ययनरत बालबालिकाहरूले सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै वीरगंजस्थित आमाको छात्रावासमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । विद्यालयका...

नेपालले पनि भारतको जमिन मिचेको छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतले मात्र नभई नेपालले पनि भारतको केही जमिन मिचेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ...