Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

spot_img
spot_img

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।

परिषद्का अनुसार वीरगंज न्युरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टरमा ब्रेन हेमरेजको उपचार गराइरहेका सत्यनारायण प्रसादका लागि तत्काल चार युनिट A+ रगत आवश्यक परेको जानकारी प्राप्त भएको थियो ।

सूचना प्राप्त हुनासाथ परिषद्को ‘ब्लड अन कल’ अभियानका संयोजक आशीष चौरडियाले रक्तदाताहरूसँग समन्वय गरी आवश्यक रगतको व्यवस्था गरेका थिए ।

यस अभियानअन्तर्गत घनश्याम शर्मा, सतीश कुमार सहनी, अखिलेश कुमार शाह तथा तेरापन्थ युवक परिषद्का निवर्तमान अध्यक्ष लोकेश जम्मडले तत्काल ब्लड बैंक पुगेर रक्तदान गरेका थिए । उनीहरूको रक्तदानबाट बिरामीलाई आवश्यक चार युनिट रगत उपलब्ध गराइएको परिषद्ले जनाएको छ ।

तेरापन्थ युवक परिषद्ले रक्तदाताहरूको सेवाभावप्रति आभार व्यक्त गर्दै समयमै गरिएको रक्तदानले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ । साथै, आपत्कालीन अवस्थामा रक्तदान गर्न इच्छुक सबैलाई ‘ब्लड अन कल’ अभियानमा सहभागी भई मानव सेवामा योगदान दिन परिषद्ले आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...