Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

एमाले ११औँ महाधिवेशनको मतदानमा पर्साका ४ प्रतिनिधि अनुपस्थित

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि कुल २ हजार २६३ महाधिवेशन प्रतिनिधि चयन भएका थिए । तर, शतप्रतिशत मतदान हुन सकेन ।

निर्वाचन समितिका अनुसार कुल २ हजार २२७ मत मात्र खसेका छन् भने ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमध्ये पर्सा जिल्लाका चार जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

अनलाइन खबरका अनुसार पर्साबाट अनुपस्थित हुनेमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा केन्द्रीय सदस्यका उम्मेदवार राजकुमार गुप्ता रहेका छन् । यस्तै, पर्साबाटै चुनिएका महाधिवेशन प्रतिनिधि राजेन्द्र प्रसाद यादव, अंशु आनन्द र मनोजकुमार गुप्ताले पनि मतदानमा सहभागिता जनाएनन् ।

पार्टीको महत्वपूर्ण राष्ट्रिय महाधिवेशनमा पर्साका चार प्रतिनिधि मतदानमा सहभागी नहुनु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । अनुपस्थितिको कारणबारे सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया भने आएको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...