Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

चितवनमा चौथो ‘विशाल अवार्ड २०८२’ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

spot_img
spot_img

चितवन । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो विशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार आयोजित अवार्ड समारोहमा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो।

समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगर बाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयर बाट अञ्जु कार्की, युवा उद्यमी वर्ष बाट प्रदिप शर्मा तथा युथ आइकन अफ द इयर बाट सुमिना चौधरी सम्मानित हुनुभयो। यस्तै, राप्ती रत्न अवार्ड राजेन्द्र प्रसाद सिलवाललाई र राप्ती हिरो अवार्ड वालकृष्ण थपलियालाई प्रदान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट महिला जनप्रतिनिधि विधाबाट ग्रेस तामाङ र महिला उद्यमी वर्ष २०८२ बाट सिता गुरुङ सम्मानित हुनुभयो। सम्मानित व्यक्तित्वहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले यस्ता अवार्डहरूले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाउने विश्वास व्यक्त गरे।

अवार्ड वितरण भूमी समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिं लामा, राप्ती नगरपालिका वडा नं. ३ का अध्यक्ष शिवकान्त वली, वडा नं. ५ का अध्यक्ष सिताराम वल, कार्यपालिका सदस्य कविता राई, नगरसभा सदस्य ममिता कुवर र सहदेव सेढाई, नगरस्तरीय मेलमिलाप केन्द्र समितिकी संयोजक दिलकुमारी थिङ, विभिन्न वडाका वडा सचिव, लैङ्गिक अधिकारकर्मी उत्तम थापा, राप्ती प्याव्सनका अध्यक्ष दीपक सारु लगायत विशिष्ट व्यक्तित्वहरूले गर्नुभएको थियो।

हाम्रो राप्ती एफ.एम. र विशाल न्युज को आयोजनामा, राप्ती नगरपालिका र हेटौडा उपमहानगरपालिका को प्रवर्द्धनमा सम्पन्न कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। आयोजकले आगामी दिनमा पनि समाजमा सकारात्मक योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...