Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रास्वपा धोबिनी गाउँपालिका सभापतिमा अवकाशप्राप्त प्रहरी निरीक्षक ललन कुर्मी, उपसभापति निरज पटेल

spot_img
spot_img

वीरगंज । अवकाशप्राप्त पूर्व प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धोबिनी गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न रास्वपा धोबिनीको प्रथम पालिका भेलाले कुर्मिलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो।

कुर्मी पूर्व प्रहरी परिषद् पर्सा जिल्लाका अध्यक्षसमेत रहिसकेका अनुभवी व्यक्तित्व हुन्। पालिका भेलाबाट उपसभापतिमा निरज पटेल, सचिवमा उदित नारायण पटेल तथा कोषाध्यक्षमा वृज लाल पटेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रमोद पटेल, नुबिन राम, सन्दिप पटेल, रामनरेश पटेल, सुरसती देवी, रजरीश पटेल र प्रियंका देवी पासवान चयन भएका छन्।

रास्वपा पर्सा ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न भेलामा पार्टीका पर्सा जिल्ला सभापति हरी पन्तलगायत नेताहरूले सम्बोधन गरेका थिए। सो अवसरमा सभापति पन्तले भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह देशका पुराना राजनीतिक दलहरूविरुद्धको सशक्त आवाज भएको दाबी गर्दै, अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तनको प्रमुख संवाहकका रूपमा हेर्न थालेको बताए।

सभापति पन्तले आसन्न निर्वाचनमा रास्वपाले स्पष्ट एकल बहुमत ल्याउने दाबीसमेत गरे।

कृष्णा पासवानले सहजीकरण गरेको भेलामा पार्टीका केन्द्रीय सदस्य नन्दन यादव, प्रमोद रायमाझी, सबु कँडेल, दिलीप कुर्मी, सोनालाल पटेल, परितोष द्विवेदीलगायत नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...