Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026

पर्सा–३ युवा नेतृत्वमाथि बढ्दै जनविश्वास: जबरजस्त उदाउँदै रुपेश पाण्डेय

spot_img
spot_img

वीरगंज । आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण तीव्र गतिमा बढिरहेको छ । यही क्रमसँगै व्यावसायिक पृष्ठभूमिबाट सामाजिक क्षेत्रमा प्रवेश गरेका युवा रुपेश पाण्डेय यस क्षेत्रकै सबैभन्दा उर्जाशील र व्यवहारिक नेताका रूपमा जबरजस्त उदाउँदै गएका छन् ।

कतिपय राजनीतिक दलमा पूरानै नेताले अवसर पाउन लागेको चर्चा चल्दै जाँदा पर्सा ३ मा भने पाण्डेयलाई नै जनताले नेताको रुपमा उभ्याउन थालेका हुन् ।

पछिल्ला दिनहरूमा चुनाव लक्षित छलफल तथा भेटघाटका लागि पाण्डेय स्थानीयहरूसँग निरन्तर सम्वादमा रहेका छन् । जसमा अबको वैकल्पिक शक्तिका रूपमा पाण्डेय अघि बढ्नुपर्ने जनताले बताउन थालेका छन् । जनसम्वादका क्रममा पाण्डेयले पनि आफू सधैं समाजसँगै र समाजको विकास सँगसँगै रहेको बताउँदै चुनावमा साथ दिँदा यस क्षेत्रको विकासमा मिहीन ढंगले लाग्ने प्रतिवद्धता र योजना समेत प्रस्तुत गरिरहेका छन् ।

समाजसेवा, जनसंवाद र समस्या समाधानमा केन्द्रित उनका गतिविधिले पर्सा–३ का गाउँ, बस्ती र बजारमा ‘काम गर्ने नेतृत्व’ को नयाँ पहिचान बनाइदिएको छ। दैनिक रूपमा स्थानीयवासीसँग भेटघाट गर्दै उनी चिया पसलदेखि गल्ली–चोकसम्म पुगेर जनताको समस्या सुन्ने, बुझ्ने र संभावित समाधानका मार्ग प्रस्तुत गर्दै आएका छन्।

पाण्डेले अबको राजनीति नाराभन्दा योजनामा, प्रतिस्पर्धाभन्दा परिणाममा र भाषणभन्दा व्यवहारमा आधारित हुनुपर्ने स्पष्ट धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्।

पोखरिया, पकाहा, महुवन, श्रीपुरलगायत बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा–स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्ने, धार्मिक स्थल प्रवर्द्धनमार्फत स्थानीय रोजगारी र पर्यटन विकास गर्ने एजेन्डा उनले प्राथमिकतामा राखेका छन्। राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर भाथा भगवान धार्मिक गन्तव्यलाई राष्ट्रियस्तरको आकर्षण बनाउने उनको योजना क्षेत्रका स्थानीयले सकारात्मक रूपमा बुझेका छन्।

देशभर युवाको नेतृत्वबारे आवाज उठाएको जेनजी आन्दोलनपछि पर्सामा पनि नयाँ सोच र नयाँ पुस्ताको माग बढेको छ। यही वातावरणमा पाण्डेको निरन्तर जनसम्पर्कले उनको लोकप्रियता थप बढाएको छ।

मानिकपुर–२ का एक स्थानीय भन्छन्, “चुनावको बेला मात्र देखिने नेताको जमाना सकियो, समस्या सुन्ने र समाधानतर्फ लैजान सक्ने नेतृत्व पाण्डेमै देखिन्छ ।” पोखरिया बजारकी एक व्यवसायी महिलाले भनिन्, “हामीलाई ठूला भाषण होइन, बजार व्यवस्थित गर्ने, ढिलाइ नगरी काम गर्ने नेता चाहिएको हो, पाण्डेको योजना लागू हुनेगरी तयार छ” भनेकी छन्।

पाण्डेले पर्सा–३ भित्रका सात स्थानीय तह र ३५ वडालाई एकीकृत दीर्घकालीन विकास योजनामा जोड्दै आर्थिक, सामाजिक र पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेका छन्। उनले विगतमा पर्साबाट धेरै राजनीतिक प्रतिनिधि निस्किए पनि विकासको गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै अब ‘परिणाममुखी, जिम्मेवार र पारदर्शी नेतृत्व’ अनिवार्य भएको बताउँदै आएका छन्। उनका अनुसार नेतृत्वको मूल्यांकन पार्टीको नजिकियताबाट होइन, नागरिकका समस्या समाधान गर्न सक्ने क्षमताबाट हुनुपर्छ।

धर्म–संस्कृति, मेलमिलाप, सहकार्य र सामाजिक सद्भावलाई बलियो बनाउने पाण्डेको दृष्टिकोणले स्थानीयबीच उनको छवि अझै मजबुत बनाएको छ। समुदायबीच सहकार्य गराउँदै साझा मुद्दामा एकताबद्ध रूपमा अघि बढ्न सक्ने नेतृत्व गुण पाण्डेमै देखिएको पर्साका बुद्धिजीवी, व्यवसायी तथा युवाको बुझाइ छ।

निरन्तर जनतामाझ रहेर उनीहरूको मर्म र भावना बुझ्दै आएको कारण पाण्डे अहिले पर्सा–३ का मात्र होइन, पुरै जिल्लाका युवा पुस्ताका लागि ‘सबैभन्दा उर्जाशील र आशालाग्दो सम्भावित उम्मेदवार’का रूपमा हेरिन थालेका छन्।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कर्मचारीमाथि कुटपिटको विरोधमा कालिकामाई गाउँपालिका ठप्प, दुई पक्राउ

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कामकाज ठप्प पारेका छन् । दोषीमाथि कडा कारबाहीको...

वीरगंजमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मनाइयो

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मंगलबार वीरगंजमा एक कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ । देशभक्त राज्यभक्त वीरगंजका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा महावीरस्थानमा...

वीरगंजको मुख्य सडकको अतिक्रमण हटाउन डोजर मुर्लीसम्म पुग्यो

वीरगञ्ज । वीरगंजकाे मुख्य सडकअन्तर्गत २५/२५ मिटर सडक सीमाभित्र रहेका अतिक्रमित संरचना हटाउने अभियान मंगलबार पनि जारी रहेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले...