Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

दिब्य विकास स्रोत केन्द्रकाे १९ औँ सामाजिक लेखाजोखा सम्पन्न

spot_img
spot_img

वीरगंज । दिब्य विकास स्रोत केन्द्र पर्साले आफ्नो बार्षिक कार्यक्रमको १९ औँ सामाजिक लेखाजोखा कार्यक्रम वीरगंजको कलासिक ब्याकिटमा सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन पटेल प्रमुख अतिथि तथा केन्द्रका अध्यक्ष उमेश प्रसाद चौहान अध्यक्षका रूपमा उपस्थित थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, पाेखरिया नगरपालिकाकी पूर्व उप प्रमुख सल्मा खातुन, दिब्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेल, कार्यक्रम संयोजक गणेश ठकुरी, साझेदार संस्थाका प्रतिनिधि, कर्मचारी, स्थानीय पालिकाका प्रतिनिधि, सेवाग्राही र जिल्ला स्तरका सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो।

सन् २००६ देखि संचालन हुँदै आएको सामाजिक लेखाजोखा कार्यक्रमले समुदायमा कार्यक्रमको प्रभावकारिता र सहजता बढाएको छ । साथै स्थानीय तथा जिल्ला स्तरका अधिकारवालाहरू र सरोकारवालाहरूमा केन्द्र प्रति सकारात्मक सोच विकास भएको छ, संस्थाले जानकारी दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...