Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज–१२ मा नयाँ स्वास्थ्य चौकी र वडा कार्यालय भवन उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१२ स्थित नवनिर्मित दुई तले स्वास्थ्य चौकी तथा वडा कार्यालय भवनको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ। भवनको औपचारिक समुद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख मेयर राजेशमान सिंहले गरेका हुन्।

उद्घाटन समारोहमा वडा नं. १२ का वडाध्यक्ष सुरेश प्रसाद गुप्ता, प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, वडा सदस्यहरू लगायत स्थानीय जनप्रतिनिधि र सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संघीय सरकारको १ करोड २५ लाख रुपैयाँको बजेटमा मुर्ली पोखरी नजिक निर्माण गरिएको यस दुई तले सुविधासम्पन्न भवनमा अबदेखि तल्लो तलामा स्वास्थ्य चौकी र माथिल्लो तलामा वडा कार्यालय सञ्चालनमा आउनेछ। यसले वीरगंज–१२ का स्थानीयवासीलाई स्वास्थ्य सेवा तथा प्रशासनिक सेवामा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर राजेशमान सिंहले भने, “वीरगंज महानगरलाई स्वास्थ्य तथा सेवा सुविधामा स्वावलम्बी बनाउने लक्ष्यका साथै वडा नं. १२ मा अत्याधुनिक भवन निर्माण गरी सेवा सुरु गर्न पाउनु हामी सबैका लागि गर्वको विषय हो। यो भवन केवल संरचना मात्र होइन, आधुनिक, सहज र जनमैत्री सेवा प्रवाह गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो।”

उनले निर्माण कार्य समयमै सम्पन्न गरिदिएकोमा निर्माण व्यवसायी तथा यो परियोजनालाई सफल बनाउन सहयोग पुर्‍याउने स्थानीय जनप्रतिनिधि र समुदायप्रति आभार व्यक्त गरे। मेयर सिंहले अन्य वडाहरूमा पनि यस्तै आधुनिक स्वास्थ्य चौकी तथा सेवा केन्द्रहरू स्थापना गर्दै महानगरलाई पूर्ण रूपमा सेवा–मैत्री बनाउने योजनामा महानगर अघि बढिरहेको बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...