Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

घुस काण्डमा नापी कार्यालय पर्साका सर्वेक्षक–सहयोगीविरुद्ध मुद्दा दर्ता

spot_img
spot_img

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

गत मंसिर २ गते आयोगको टोलीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अवस्थामा दुवै जनालाई पक्राउ गरेको थियो। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार वीरगंज–२५ स्थित कित्ता नं. ५५, क्षेत्रफल ०००६४ वर्गमिटर जग्गाको ‘छुट जग्गा दर्ता’ प्रक्रिया सहज बनाइदिने नाममा घुस मागी लिएको तथ्य प्रमाणित भएपछि मुद्दा दायर गरिएको हो।

आयोगले दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम बिगो एक लाख कायम गरी कैद र बिगोअनुसार जरिवाना मागदाबी गरेको जनाएको छ।

नापी कार्यालय पर्सामा लामो समयदेखि ‘विना पैसा काम नहुने’ प्रवृत्ति मौलाउँदै आएको सेवाग्राहीहरूको गुनासो छ। सामान्य कामका लागि पनि कर्मचारीले आनाकानी गर्ने तर पैसा दिएपछि तुरुन्तै काम सकाइदिने प्रचलन रहेको उनीहरूको आरोप छ।

विशेषगरी सर्वेक्षक र अमिनहरूको व्यवहारप्रति सेवाग्राही निकै असन्तुष्ट रहेकाले नापजाँच, जग्गा छुट्ट्याउने, कित्ता सुधार, दर्ता प्रक्रियासँग सम्बन्धित सेवामा खुलेआम घुसखोरी चल्दै आएको बताइन्छ। पैसा नदिने सेवाग्राहीलाई दिनौँजसो अल्झाइने, फाइल थन्क्याइने र अनावश्यक झन्झट सिर्जना गरिने गरेको उनीहरूको अनुभव छ।

लामो समयपछि अख्तियारले एक सर्वेक्षकसहित दुई कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेपछि नापी कार्यालयको सेवामा सुधार आउने अपेक्षा सेवाग्राहीले व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...