Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जसपा पर्साबाट प्रतिनिधि सभा निर्वाचनका लागि ४ वटै क्षेत्रका उम्मेदवार सिफारिस

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साको बैठकले आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ।

जसपा पर्साका अध्यक्ष सिंगासन साह तेलीको अध्यक्षता र जसपा केन्द्रीय उप–महासचिव प्रदिप यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकले उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको जानकारी जसपाका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले दिएका छन्।

बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट निर्वतमान सांसद एवं पूर्वमन्त्री प्रदिप यादव, क्षेत्र नं. २ बाट प्रेमबाबु पटेल, क्षेत्र नं. ३ बाट जनार्दन प्रसाद यादव र क्षेत्र नं. ४ बाट तबरेज अहमदको नाम सिफारिस गरेको जसपा वीरगंज महानगर समितिका अध्यक्ष इश्वचन्द्र यादवले जानकारी दिए ।

त्यसैगरी बैठकले समानुपातिक तर्फका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ । समानुपातिकतर्फ क्षेत्र नं. १ बाट नेक महमद अन्सारी, नुर आलम अन्सारी, उमेश लाल सहनी, कुमु मानन्धर, रुयैदा खातुन गरी ६ जनाको नाम सिफारिस भएको छ ।

त्यसैगरी क्षेत्र नं. २ बाट नागेन्द्र प्रसाद यादव, हरेन्द्र प्रसाद चौधरी र बैजन्ती माला, क्षेत्र नं. ३ बाट सल्मा खातुन र क्षेत्र नं. ४ बाट राम्भा यादवको नाम सिफारिस गरिएको बैठकको निर्णयमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...