Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

राम–जानकी मन्दिर सुधारका लागि मेयर सिंहको स्थलगत अनुगमन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१० घडिर्वा पोखरी नजिक अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरको स्वन्दिकरण तथा दीर्घकालीन विकास योजनालाई गति दिन बिहिबार मेयर राजेशमान सिंहले स्थलगत अवलोकन तथा अनुगमन गरेका छन्।

वडा अध्यक्ष सुशील साहको विशेष उपस्थितिमा गरिएको अनुगमनका क्रममा मेयर सिंहले स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष संवाद गर्दै मन्दिरको वर्तमान अवस्था, पूर्वाधार अभाव, संरचनागत कमजोरी, पर्यटकीय सम्भावना तथा आगामी योजना सम्बन्धी सुझाव संकलन गरेका थिए।

मन्दिर क्षेत्रलाई सुरक्षित, आकर्षक र व्यवस्थित धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित मेयर सिंहले मार्ग विस्तार, सोलार तथा आधुनिक बत्ती व्यवस्था, सफाइ सुदृढीकरण, हरियाली विस्तार, ढल निकास, पार्किङ सुविधा तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेर तत्काल कार्य अघि बढाउन सम्बन्धित प्राविधिक तथा कार्यान्वयन टोलीलाई स्पष्ट निर्देशन दिए।

स्थानीय समुदायको सुझावलाई आधार बनाउँदै धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रबिन्दु बनाउन सकिने सम्भावनाबारे मेयर सिंहले जोड दिए । उनले मन्दिर क्षेत्रलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने कार्यमा महानगर पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वन्दिकरण कार्यलाई छिटो, दिगो र प्रभावकारी रूपमा अघि बढाइने आश्वासन दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...