Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

बैंकहरूद्वारा वीरगंज महानगरलाई कम्प्युटर सहयाेग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकालाई यहाँ रहेका विभिन्न बैंकहरूले कम्प्युटर सामग्री सहयोग उपलब्ध गराएका छन् । आज एक कार्यक्रमकाबीच बैंकहरूले महानगरलाई ९ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

जेन्जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरको भवन र सामग्री नष्ट भएपछि नगरका सेवाप्रवाहमा असर परेको थियो । कार्यालयको नियमित कामकाज सहज बनाउने उद्देश्यले बैंकहरूको तर्फबाट सहयोग प्रदान गरिएको हो ।

वीरगंजमा सञ्चालनरत एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेडले एक–एक थान गरी ९ थान कम्प्युटर उपलब्ध गराएका हुन् । यो सहयोग महानगरका सद्भावना दूत अशोक वैद्यको पहलमा गरिएको हो ।

कम्प्युटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले कठिन समयमा सहयोग उपलब्ध गराएकोमा बैंकहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो घडीमा साथ–समर्थनले फेरि उठ्ने हिम्मत दिएको छ,’ प्रमुख सिंहको भनाइ थियो ।

त्यसैगरी बैंकर एसोसिएशन, पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखा प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा दिन आवश्यक उपकरणहरू सहयोगपूर्वक उपलब्ध गराइएको बताउनुभयो ।

यसअघि पनि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपालसहित विभिन्न संघ–संस्थाले आवश्यक सामग्री सहयोग गरिसकेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...