Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजमा विद्यार्थीलाई साइबर क्राइमबारे जनचेतना

spot_img
spot_img

वीरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैयाँको आयोजनामा माउन्ट एडमन्ट सेकन्डरी स्कुल, ओम आश्रम श्रीपुरको प्राङ्गणमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गर्दै साइबर क्राइमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाँका अध्यक्ष ग्यासदिन ठकुराईको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भयो। स्कुल निर्देशक फजिल अहमदको विशेष उपस्थिति रहेको थियो।

प्रमुख अतिथि भट्टराईले डिजिटल युगमा साइबर अपराध तीव्र रूपमा बढ्दै गएको भन्दै विद्यार्थीहरूलाई अनलाइन प्रयोगमा सचेत रहन आग्रह गरे। सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ जस्ता गतिविधिबाट बच्न सावधानी अपनाउनुपर्ने तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्तै अभिभावक वा प्रहरीलाई जानकारी गराउनुपर्ने उनले बताए।

उनले अनलाइन मित्रता, भिडियो कल, लिंक क्लिक तथा गोप्य जानकारी साझा गर्ने कार्यमा उच्च सतर्कता अपनाउन सुझाव दिए।

कार्यक्रममा विद्यार्थीहरूले सुरक्षित पासवर्ड, डिजिटल फूटप्रिन्ट, अनलाइन ठगी रोकथाम तथा सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगबारे विस्तृत जानकारी प्राप्त गरेका थिए। कार्यक्रमका अतिथिहरूले विद्यार्थीहरूलाई सचेत र जिम्मेवार डिजिटल नागरिक बन्न आग्रह गर्दै कार्यक्रम समापन भएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...