Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

विद्यालयमा ट्राफिक सुरक्षा अभिमुखीकरण, विद्यार्थीलाई सचेतना

spot_img
spot_img

वीरगंज । युथ सर्भ फाउण्डेशनको आयोजनामा मंगलवार ट्राफिक सुरक्षा नियमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। राधेमाईस्थित एसआर ग्यालेक्सी एकेडेमीमा आयोजित उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको फाउण्डेशनका सल्लाहकार तथा कार्यक्रम संयोजक दिपु बर्णवालले जानकारी दिए।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटुवालले विद्यार्थीलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै नियम उल्लंघनका कारण क्षणभरमै दुर्घटना हुनसक्ने भएकाले सदैव सावधानी अपनाउनुपर्नेमा जोड दिए। उनले सडक पार गर्ने विधि, सवारी साधन प्रयोगका अनिवार्य नियम, हेल्मेटको अनिवार्यता तथा जथाभावी गति र मोबाइल प्रयोगबाट हुने जोखिमबारे मार्गदर्शन प्रदान गरे।
उनले भने, “सडकमा सधैं अनुशासित भएर हिँड्नु नै सुरक्षा हो।”

फाउण्डेशनका अध्यक्ष नकुल साह कानुले बाल्यकालदेखि नै ट्राफिक सचेतना आवश्यक रहेको उल्लेख गर्दै यी कार्यक्रमहरूले भविष्यमा सुरक्षित सडक परिवेश निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले विद्यालयस्तरमा यस्ता गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

एसआर ग्यालेक्सी एकेडेमीका प्रधानाध्यापक शर्मानन्द कुशवाहाले व्यवहारिक शिक्षाको महत्त्व औंल्याउँदै विद्यार्थीमा जिम्मेवारी बोध तथा सकारात्मक सोच विकासमा कार्यक्रम उपयोगी हुने बताए। विद्यालयले ट्राफिक सचेतनामा सहयोग पुर्‍याएकोमा आयोजकप्रति धन्यवाद समेत व्यक्त गर्यो।

कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष राहुल ठाकुर, कोषाध्यक्ष अंकित चौरसिया, सचिव सोनालाल सहनीलगायत पदाधिकारीको उपस्थिति थियो। सहभागी विद्यार्थीहरूले ट्राफिक चिन्ह, सडक संकेतहरूको महत्व तथा सुरक्षामा आफ्नो भूमिकाबारे उत्साहपूर्वक सिकेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...

१९ क्विन्टल कुखुरा र रकम लुटिएको आरोपको व्यवसायी सङ्घद्वारा खण्डन

वीरगञ्ज । पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र ५ लाख रुपैयाँ लुटिएको भन्ने आरोप निराधार रहेको भन्दै पर्सा ग्रामीण कुखुरा व्यवसाय सङ्घले खण्डन गरेको...

शैक्षिक गुणस्तर र अनुशासनमा जोड, विद्यालय व्यवस्थापन समितिको छड्के अनुगमन

वीरगञ्ज । पकहाँमैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले छड्के अनुगमन गर्दै शैक्षिक गुणस्तर र विद्यार्थी अनुशासनमा विशेष जोड दिएको...