Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

जेन जेडको मर्मअनुसार सुशासन सहित सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री गौतमको निर्देशन

spot_img
spot_img

वीरगंज । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सोमबार औषधि व्यवस्था विभागका शाखा कार्यालय वीरगञ्जको अनुगमन गर्दै सेवा प्रवाहलाई जेन जेड (Gen Z) को सोच र मर्मअनुसार पारदर्शी, भ्रष्टाचारमुक्त र छरितो बनाउन निर्देशन दिएकी छन्।

अनुगमनका क्रममा शाखा प्रमुख तथा औषधि व्यवस्थापक शम्भु शाहले कार्यालयको वार्षिक प्रगति, पछिल्ला सुधार प्रयास तथा काम कारवाहीमा देखापरेका विभिन्न चुनौतीहरूको बारेमा मन्त्रीलाई जानकारी गराए। सीमित स्रोत साधन र जनशक्ति अभावका कारण सबै दर्ता तथा अदर्ता औषधि पसलमा अनुगमन पु¥याउन कठिनाइ भए पनि जहाँ पुगिएको छ, त्यहाँ निरीक्षणपछि दर्ता प्रक्रियामा सकारात्मक सुधार देखिएको शाहले बताए।

मन्त्री गौतमले औषधि पसल अनुगमनलाई थप उपलब्धिमूलक बनाउन आवश्यक स्रोत, साधन तथा सहयोग जुटाउने आश्वासन दिँदै, सीमित स्रोतमै पनि कार्यालयले गरेको प्रयासको सराहना गरिन्।

उनले औषधि व्यवस्था विभागको समग्र सुधार (Reform) को आवश्यकता औंल्याउँदै, चरणबद्ध रूपमा व्यवस्थित सुधार प्रक्रिया अघि बढाइने बताइन्। साथै, शाखाको जनशक्ति तथा दरबन्दी वृद्धि गर्ने विषयमा आफू सकारात्मक रहेको स्पष्ट पारिन्।

मन्त्री गौतमले भ्रष्टाचाररहित सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै जेन जेड पुस्ताले अपेक्षा गरेको आधुनिक, जिम्मेवार र विश्वसनीय प्रशासनिक प्रणाली विकास गर्न कर्मचारीलाई निर्देशन दिइन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...