Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

युवा नेता शाहको पहलमा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीका युवा नेता तथा नेपाल रिटर्निङ एसोसिएसन समाजवादी, बाराका अध्यक्ष अनिल शाहको पहलमा परवानीपुर गाउँपालिका–१ मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

परवानीपुर–१ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, गौनहरीमा अध्ययनरत ७० जना विद्यार्थीलाई एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रिटर्निङ एसोसिएसन समाजवादीका केन्द्रीय अध्यक्ष प्रवीण पौडेलले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे ।

युवा नेता तथा संघका बारा अध्यक्ष अनिल शाहले शिक्षाबाट वञ्चित विद्यार्थीलाई आवश्यक परेको समयमा आफ्नो साथ रहने आश्वासन दिँदै सो क्षेत्रमा बेरोजगार युवालाई रोजगारी प्रदान गरिएको र स्थानीय महिलाहरूलाई समेत रोजगारीका अवसर सिर्जना गरिएको जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–शिक्षिका, संस्थापक विद्यालय समितिका अध्यक्ष, स्थानीय युवा तथा समाजसेवीहरू साथै परवानीपुर–५ बहुअरीका युवा नेता सुरेन्द्र पटेलको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...