Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जगरनाथपुरकाे दुई ठाउँमा निशुल्क आँखा शिविर सम्पन्न, ४६४ जना लाभान्वित

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाको दुई वडामा सम्पन्न निशुल्क आँखा शिविरबाट कुल ४६४ जना लाभान्वित भएका छन् ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ४ सुहपुरस्थित जनमत पार्टी कार्यालयको ग्राउण्डमा जनमत पार्टीको आयोजना तथा सामुदायिक आँखा केन्द्र वीरगंजको प्राविधिक सहयोगमा आयोजित शिविरमा १४७ जनाले सेवा लिएका हुन् । शिविरमा ३१ जना मोतियाविन्दका विरामी भेटिएका छन् भने २३ जनालाई निःशुल्क ड्रप वितरण गरिएको थियो ।

मोतियाविन्दका बिरामीहरूको यही मंसिर २४ गते बुधवार वीरगंजमा पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिने जानकारी आँखा शिविरका को–अर्डिनेटर राजेश चौधरीले दिएका छन् । कार्यक्रमको नेतृत्व मधेश प्रदेश सदस्य बृजेश्वर प्रसाद चौधरीले गर्नुभएको थियो ।

यसअघि आइतबार वडा नं. २ पाणेपुरस्थित श्री नेरा प्रा. विद्यालयको प्राङ्गणमा सामाजिक संस्था ‘दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्च’को आयोजना तथा केडिया आँखा अस्पताल परवानीपुरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ३१७ जना लाभान्वित भएका थिए ।

सो शिविरमा १०७ जना मोतियाविन्दका बिरामी भेटिएका थिए भने ९४ जनालाई निःशुल्क ड्रप प्रदान गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...